एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउँछः नेपाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउँछः नेपाल


१ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले उक्त कुरा बताएका हुन् ।

मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने भनेर सोधेको प्रश्नमा उनले भने ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’

नेपालले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस