प्रधानसेनापति शर्माद्वारा रथी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापति शर्माद्वारा रथी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान


३१ भाद्र २०७८, बिहिबार


काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा कार्कीलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मन्त्रिपरिषद्को यही भदौ २९ गतेको बैठकले उनलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी कार्कीलाई बलाध्यक्षमा नियुक्ति गरी निमित्त बलाधिकृतको समेत जिम्मेवारी दिइएको सेनाले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस