कर्मचारी सङ्गठनका अध्यक्ष देवकोटाको भनाइप्रति राकस अध्यक्ष रावलको आपत्ति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारी सङ्गठनका अध्यक्ष देवकोटाको भनाइप्रति राकस अध्यक्ष रावलको आपत्ति


३१ भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदार प्रसाद देवकोटाको अभिव्यक्तिप्रति नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष हरि बहादुर रावलले आपत्ति जनाएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठनको आगामी असोज २ गते काठमाडौँमा हुने भनिएको राष्ट्रिय भेलामा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका उपाध्यक्ष अम्बिका धमला र प्रभातप्रसाद साहसहित सङ्गठनका करिब १०० जना केन्द्रीय सदस्य आफ्नो सङ्गठनमा एकताबद्ध हुने अध्यक्ष देवकोटाको भनाइप्रति राकस अध्यक्ष रावलले आपत्ति जनाएका हुन् ।

उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै सङ्गठनसँग सम्बन्ध नै भएका व्यक्तिहरूको पद र सङ्ख्याको हवाला दिएकोमा आपत्ति जनाउँदै भ्रममा नपर्न भनेका छन् । यस सङ्गठनसँग कुनै सम्बन्ध नै नभएका व्यक्तिहरूको पद र सङ्ख्याको हवाला दिएर कथिन सङ्गठन एकता तथा प्रवेशको नाममा भए गरेका कार्यप्रति घोर भर्त्सना गर्दै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका केन्द्रीय, प्रदेश, जिल्ला, पालिका तथा इकाई समितिका पदाधिकारी एवं सदस्य शुभचिन्तकहरूलाई भ्रममा नपरी हाम्रो सङ्गठनसँग असम्बन्धित व्यक्तिहरूको नाम जोडेर भ्रम सिर्जना गर्ने प्रतिगमनका मतियार अर्थवादी ट्रेडयूनियनका नाईके तथा त्यसका मतियाहरुको आ–आफ्नो ठाउँबाट भण्डाफोर गर्नुहुन हार्दिक अपिल गर्दछौँ ।

बुधवार मात्रै सङ्गठनका अध्यक्षको भनाइसहित समाचार प्रकाशित भएको थियो । त्यससँगै राष्ट्रिय कर्मचारी सङ्गठनमा हङ्गामा मच्चिएको थियो । आफ्नै सङ्गठनका खेमा व्यवस्थापन गर्न नसकेर मारामार भइरहेको अवस्थामा सङ्गठनका अध्यक्षले दिएको राकसका पदाधिकारी आउने अभिव्यक्ति हास्यास्पद भएको अध्यक्ष रावलले बताए ।

सम्बन्धित समाचार : निजामती कर्मचारी सङ्गठनको राष्ट्रिय भेला हुँदै

Tags :
प्रतिक्रिया दिनुहोस