चीनबाट एमबिबिएस गरेका विद्यार्थीद्वारा इन्टर्नसीपको माग सहित प्रदर्शन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

चीनबाट एमबिबिएस गरेका विद्यार्थीद्वारा इन्टर्नसीपको माग सहित प्रदर्शन


३१ भाद्र २०७८, बिहिबार


काठमाडौँ । चीनबाट एमबिबिएस गरेर आएका विद्यार्थीहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने मागसहित प्रदर्शन जारी राखेका छन् । उनीहरुले आफ्नो माग पूरा नभएको भन्दै विगत केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् ।

चीनमा एमबिबिएस अध्ययन गरी आएका युवाहरुले आज (बिहीबार) माइतीघर मण्डलामा तत्काल इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

आफूहरुले एमबिबिएस गरेको १८ महिना बितिसक्दा पनि इन्टर्नसीप गर्न नपाएको उनीहरुले बताएका छन् ।

नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले आफूहरुलाई झुलाएको उनीहरुको आरोप छ ।

नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियमको बुँदा नम्बर ३ मा विदेशमा अध्ययन गरेर नेपालमा नै इन्टर्नसीप गर्नुपर्ने कुनै विशेष वा बाध्यात्मक परिस्थिति भएमा सो परिस्थितिको जानकारी दिँदै विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसीप गर्न पाउने र यस प्रकारको इन्टर्नसीप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्ने व्यवस्था छ ।

तर सो व्यवस्था स्पष्ट नगरिँदा आफूहरुलाई समस्या भएको विद्यार्थीको भनाई छ।

Tags :
प्रतिक्रिया दिनुहोस