प्रदेश १ मा दुई मन्त्री र तीन राज्यमन्त्री थप्ने तयारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश १ मा दुई मन्त्री र तीन राज्यमन्त्री थप्ने तयारी


३० भाद्र २०७८, बुधबार


विराटनगर । अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । बुधबार दुई जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

तुलसी न्यौपाने र हिरा थापा मन्त्री बन्ने सम्भावना छ । यस्तै ज्ञानेश्वर राजवंशी, अम्बिका थापा र लीलाबल्लभ अधिकारीलाई राज्यमन्त्री बनाउने तयारी छ ।

उनीहरूलाई साढे ५ बजे प्रदेश प्रमुखको कार्यालयमा बोलाइएको छ । मन्त्रिपरिषद् विस्तार पनि आजै हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस