डडेलधुरामा पुनः वडा अधिवेशन गर्न पौडेल समूहकाे माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डडेलधुरामा पुनः वडा अधिवेशन गर्न पौडेल समूहकाे माग


२८ भाद्र २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहले डडेलधुरामा पुनः वडा अधिवेशन गर्न माग गरेको छ । साथै त्यहाँ देखिएको अनियमितता र स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा नदोहोर्‍याउनसमेत खबरदारी गरेको छ ।

पौडेल समूहका केन्द्रीय सदस्यहरुको सोमबार बसेको बैठकले डडेलधुरामा एकपक्षीय रुपमा भएको वडा अधिवेशन स्वीकार्य नहुने बताएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘जुन किसिमको भयो भनिएको छ । त्यसलाई स्वीकार गर्न तयार छैन । महाधिवेशन निष्पक्ष हुन्छ भनेर सभापतिले डडेलधुराबाटै विश्वास दिलाउनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस