रहेनन् काँग्रेस नेता महतो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रहेनन् काँग्रेस नेता महतो


२७ भाद्र २०७८, आइतबार


सुदूरपश्चिम । नेपाली काँग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । रक्तचापका कारण अचानक छाती दुखेपछि उनलाई उपचारका लागि सो मेडिकल कलेज पुर्‍याइएको थियो ।

पञ्चायतकालदेखि नै काँग्रेसको राजनीतिमा लागेका उनी कैलाली काँग्रेसका लोकप्रिय र निष्ठावान् नेता थिए । काँग्रेसका नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापना र पुनः स्थापनाका लागि भएका आन्दोलनमा तत्कालीन संविधानसभाका सदस्य उनको महत्त्वपूर्ण योगदान रहेको काँग्रेसका नेता रामजनम चौधरीले बताए । उनका श्रीमती तीन छोरा र तीन छोरी छन् ।

स्व महतोको स्थानीय पथरैया नदी किनारको सोनपुरघाटमा आजै अन्तिम संस्कार गर्न लागिएको काँग्रेसका क्षेत्रीय सभापति भक्त थापाले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस