सत्ता गठबन्धनका नेताहरुसँग देउवाले मागे मन्त्रीहरुको नाम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सत्ता गठबन्धनका नेताहरुसँग देउवाले मागे मन्त्रीहरुको नाम


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नामावली माग गरेका छन् ।

आज (शुक्रबार) बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै आ–आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुङ्ग्याउन आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।

उपाध्यक्ष पौडेलले भनिन्, ‘प्रधानमन्त्रीले एकदमै ढिलो भइसकेको छ, अब छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ । तपाईँहरूले पार्टीमा सल्लाह गरेर मन्त्रीहरु टुङ्गो लगाउनुस् भन्नुभयो ।’

आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस