एमालेले संसद् अवरुद्ध गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमालेले संसद् अवरुद्ध गर्ने


२३ भाद्र २०७८, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गर्ने भएको छ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो ।

एमाले फुटाउने षड्यन्त्रमा सभामुख नै लागेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । ओलीले भने,‘हाम्रो पार्टी फुटाउने सभामुखले अध्यक्षता गर्ने हुनाले त्यहाँ पुग्ने स्थिति छैन । गैरसांसद उपस्थित भएर संसद् चल्न सक्दैन । त्यसो हो भने हामी पहिलेका सांसदहरू ल्याउछौँ । ’

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष रूपमा भूमिका नखेलेको पनि आरोप लगाएका छन् । उनले भने, ‘जो एमाले सिध्याउन खोजिराख्या छ भने सभामुखको निष्पक्षता कसरी हुन्छ । सभामुख गठबन्धनको पक्षधरमा देखिनुभयो, एमालेविरोधी षड्यन्त्रमा रहेको देखियो । तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जान सक्ने स्थिति रहेन ।’

सभामुख संसद्को नियमावलीविरोधी र संसदीय मूल्यमान्यता विरोधी रहेको भन्दै ओलीले भने, ‘हामीले कारबाही गरेकाको लोगो किन खोस्दैनन् सभामुखले ? यिनीहरू गैरसांसद् रहिन्जेल संसद् चल्दैन । अहिले तमासा हेरेर बसे एमाले कमजोर हुन्छ । यो तमासा हेरेर बस्ने हो भने एमाले नामको बाघको जुँगा बिरालोले पनि उखेल्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस