अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्व तालिबान नेता अखुन्दले गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्व तालिबान नेता अखुन्दले गर्ने


२३ भाद्र २०७८, बुधबार


काबुल । अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्वमा तालिबान नेता मुल्ला मोहम्मद हसन अखुन्द चयन गरिएको तालिबान समूहले घोषणा गरेको छ ।

उक्त समूहका मुख्य प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने जानकारी हिजो (मङ्गलबार) पत्रकार सम्मेलनमार्फत दिएको हो ।

अमेरिकी सेनाको नेतृत्वको गठबन्धन सेनाको बहिर्गमन प्रक्रिया सुरु भएसँगै अगस्ट १५ मा तालिबानले देशका प्राय सबै प्रान्तसहित राजधानी काबुल आफ्नो नियन्त्रणमा आएको जनाएको थियो ।

बाँकी एक दुई दिनमा अन्य मन्त्री र उच्च पदस्थ अधिकारीहरूको चयन भइसक्ने तालिबान नेताहरूले बताएका छन् । अफगानिस्तानमा आफ्नो युद्ध समाप्त भएको जनाएको २४ घण्टाभित्रै तालिबान समूहले अन्तरिम सरकारको नेतृत्व चयन गरेको हो ।

उक्त समूहले आफ्नो दलको उपनेतामा तालिबानका सह संस्थापक अब्दुल गनी बराडरलाई चयन गरेको छ भने अमिर खान मुत्ताकीलाई अन्तरिम विदेश मन्त्रीमा चयन भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस