नेपाल बैङ्कका सहायक शाहविरुद्ध ४२ लाखको भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल बैङ्कका सहायक शाहविरुद्ध ४२ लाखको भ्रष्टाचार मुद्दा


२२ भाद्र २०७८, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम हिनामिना गरेको आरोपमा नेपाल बैङ्क लिमिटेडका सहायक सन्तोष विक्रम शाहविरुद्ध विशेष अदालत काठमाडौँमा मंगलबार मुद्दा दायर गरेको छ ।

भवनको निर्माण गर्ने क्रममा ४२ लाख हिनामिना हानि नोक्सानी गरेको पुष्टि हुन आएको भन्दै नेपाल बैङ्क लिमिटेड मंलगवा शाखा, सर्लाहीको ऋण फाँटमा सहायक पदमा कार्यरत शाहविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

सर्लाही जिल्लाको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकवीर बेताली/पाँच कुमारी जे.भी.का पार्टनरहरू अनिल गुप्ताद र शिव नन्दन पासवानसँगको मिलेमतोमा नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गरी सोही आधारमा ४२ लाख लोकवीर बेताली/पाँच कुमारी जे.भी.का शिबनन्दन पासवानले नगरपालिकाबाट भुक्तानी लिएको देखिएकोले शाहले उक्त रकम हिनामिना हानि नोक्सानी गरेको पुष्टि हुन आएको आयोगले जनाएको छ ।

साथै लोकवीर बेताली/पाँच कुमारी जे.भी.का पार्टनरहरू गुप्ता र पासवानले सहायक शाहसँगको मिलेमतोमा ४२ लाखको नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गर्न लगाई उक्त रकम भुक्तानीसमेत लिएकोले उनीहरुबिरुद्ध पनि ४२ लाख बिगो कायम ग री मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस