वेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डबाट बोटलर्स नेपाल(तराई) सम्मानित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डबाट बोटलर्स नेपाल(तराई) सम्मानित


२२ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल(आइक्यान) ले बोटलर्स नेपाल(तराई) लिमिटेडलाई जेनेरल सेक्टरअन्तर्गत ‘वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०२० अवार्ड’बाट सम्मानित गरेको छ । उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष ०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतिमा उत्कृष्टताका लागि सम्मान प्रदान गरिएको हो ।

अघिल्लो वर्ष बोटलर्स नेपाल लिमिटेड त्यही श्रेणीमा उपविजेता भएको थियो । कर्पोरेट प्रशासन र अनुपालन बोटलर्स नेपाल(तराई) लिमिटेडको डिएनएमा आन्तरिक प्रक्रियाहरू र स्थापित पद्धतिको एक परिणामका रूपमा स्थापित रहेको कम्पनीले जनाएको छ । २०२० का लागि यो अवार्ड कर्पोरेट प्रशासन र अनुपालन मापदण्ड दुवै बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल(तराई) लिमिटेडद्वारा लागू गरिएको प्रमाण भएको कम्पनीको दाबी छ ।

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्सका अध्यक्ष सिए मदन शर्माले कम्पनीको कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डन र बोटलर्स नेपालका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेको कम्पनीले जनाएको छ ।

बोटलर्स नेपाल (तराई) लिमिटेड आईक्यानद्वारा सम्मानित हुन पाउँदा निकै गौरवान्वित भएको र यसका लागि टिमप्रति आभारी रहेको बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस