लुम्बिनीमा ३ मन्त्रालयको जिम्मा मन्त्री चौधरीले सम्हाल्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनीमा ३ मन्त्रालयको जिम्मा मन्त्री चौधरीले सम्हाल्ने


२२ भाद्र २०७८, मंगलबार


बुटवल । लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसको भागमा परेका थप तीन मन्त्रालयको जिम्मेवारी पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीलाई दिइएको छ ।

गठबन्धनमा रहेका दलहरुबीच भागवण्डा मिलाउन नसक्दा मन्त्रिपरिषद विस्तारमा समय लागेपछि काँग्रेसको भागमा पर्ने तीनवटा मन्त्रालयको जिम्मेवारी मन्त्री चौधरीलाई दिइएको हो ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, वन वातावरण तथा भु संरक्षण मन्त्रालय र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि अब मन्त्री चौधरीले सम्हाल्नेछन् । मन्त्रिपरिषद विस्तार नहुँदासम्म लागि मुख्यमन्त्री कुलप्रसाद केसीले तीन मन्त्रालयको जिम्मेवारी आफूलाई प्रदान गरेको मन्त्री चौधरीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस