नागढुंगाबाट लागु औषधसहित एकजना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नागढुंगाबाट लागु औषधसहित एकजना पक्राउ


२२ भाद्र २०७८, मंगलबार


काठमाडौँ । प्रहरीले नागढुंगाबाट लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाले चन्द्रागिरी नगरपालिका–२ मा चेकजाँच गर्दा लागुऔषधसहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका–६ का १९ वर्षीय शुरेश खङ्ग रहेका छन् । प्रहरीले उनीको साथबाट निट्राभेट–१० लेखिएको ५८५ ट्‍याबलेट बरामद गरेको हो ।

राजबिराजबाट काठमाडौतर्फ आउदै गरेको ना।५ख ५३१५ नम्बरको बसलाई नागढुंगामा चेकजाचँ गर्दा लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस