सङ्खुवासभा हत्या प्रकरण : ‘रिजनल इन्भेस्टिकेसन’ टिमले हत्या अनुसन्धान गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सङ्खुवासभा हत्या प्रकरण : ‘रिजनल इन्भेस्टिकेसन’ टिमले हत्या अनुसन्धान गर्ने


२२ भाद्र २०७८, मंगलबार


काठमाडौँ। सङ्खुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको सामूहिक हत्याको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सङ्घीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा विराटनगर र धरानबाट गएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको हो ।

प्रहरीले सबै शव पोस्टमार्टमका लागि पठाउँदै छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरस्थित ‘रिजनल इन्भेस्टिकेसन’ टिमले पनि अनुसन्धान गर्ने जानकारी प्रदेश १ का डीआईजी अरूण बिसीले बताएका छन्।

घटनास्थल दुर्गम भेगमा भएकाले प्रहरीलाई पुग्न समय लागेको तर तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले गहन अनुसन्धान गर्ने बिसीको भनाई छ ।

हिजो बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको शव फेला परेको थियो । ९३ वर्षीय वृद्ध बाहेक घरमा रहेका सबैको हत्या गरिएको थियो ।

सम्बन्धित समाचार : सङ्खुवासभा हत्या प्रकरण : अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइँदै

Tags :
प्रतिक्रिया दिनुहोस