नेपाल–भारत मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल–भारत मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा


२० भाद्र २०७८, आइतबार


काठमाडौँ । नेपाल र भारतबीच जारी मैत्रीपूर्ण खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५स्३० बजे सुरु भएको हो।

खेलाडीलाई हौसला बढाउन नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन्।

आइतबार नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न उनी रंगशाला पुगेका हुन्। खेल शुरू हुनु अगाडि नै ओली रंगशाला पुगेका थिए। खेल अवलोकन गर्न गृहमन्त्री बालकृष्ण खाण पनि रंगशाला पुगेका छन्।

बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए।

घरेलु टोली नेपाल सुरुवाती अग्रता जोगाउन नसक्दा भारतसँग बराबरीमा रोकिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस