वडामा सक्षम नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्छ : सिंह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वडामा सक्षम नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्छ : सिंह


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वडामा सक्षम नेतृत्व चयन गर्न अपिल गरेका छन्।

वडा अधिवेशन हुनुभन्दा केही समय अगाडि अपिल जारी गर्दै सिंहले सङ्गठनको मेरुदण्ड भनेको वडा, क्षेत्र र जिल्ला तह भएकोले सक्षम नेतृत्व चयन गर्न आग्रह गरेका हुन् ।

वडा, क्षेत्र र जिल्लामा सक्षम नेतृत्व चयन भए केन्द्रमा पनि त्यसको प्रभाव पर्ने र सक्षम नेतृत्व आउने सिंहको भनाइ छ। सहमति नभए चुनावी प्रतिस्पर्धाबाट सक्षम र सबल नेतृत्व चयन गर्न पनि सिंहको आग्रह छ।

देश विकास गर्ने र समृद्धिको बाटोतर्फ लैजाने भिजनसहितको नेता आजको आवश्यकता भएको सिंहले बताएका छन् ।

महाधिवेशन काँग्रेसका लागि उत्सव भएको र काँग्रेस बलियो हुँदा लोकतन्त्र पनि बलियो हुने उनको भनाइ छ।

वडाबाटै बलियो नेतृत्व जन्माउने गरी अधिवेशन सफल गर्न उनले शुभकामना पनि दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस