चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ सहितको अध्यन समिति गठन गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सीमा विवाद समाधानका लागि गठित सिमितिलाई उक्त सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न निदेशन दिइएको मन्त्री कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस