२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयुर्वेद चिकित्सा पर्यटन विकासको महत्त्वपूर्ण आधार : मुख्यमन्त्री पोखरेल

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई आयुर्वेद चिकित्साको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रदेश राजधानी पोखरामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले हिजो (मंगलबार) आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा उनले विश्वभरका पर्यटक तान्न सफल गण्डकी प्रदेशमा आयुर्वेद चिकित्साको प्रचुर सम्भावना रहेको बताए ।

सानो भूगोल भए पनि गण्डकी प्रदेशमा धेरैथरि औषधिजन्य जडीबुटी रहेको सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले आयुर्वेद चिकित्साका माध्यमबाट पनि पर्यटक तान्न सकिने विश्वास व्यक्त गरे।

पोखरा र आसपासका पदमार्गमा नियमित योग सञ्चालन गर्न सकिने भन्दै उनले युरोप, अमेरिकालगायतका मुलुकबाट आएका पर्यटकको बसाइ लम्ब्याउन पनि यो विधि सहयोगी बन्ने बताए।

राणाकालको समाप्तिसँगै तनहुँको बन्दीपुरका कविराज कृष्णकान्त अधिकारीलाई आयुर्वेद चिकित्सा हेर्ने गरी महानिर्देशकको जिम्मेवारी दिइएको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा आधुनिक चिकित्सा भित्रिनुभन्दा पहिला सरकारी चिकित्साको क्षेत्रमा आयुर्वेदलाई नै अवलम्बन गरिएको स्मरण गराए ।

गण्डकी प्रदेशका ८५ मध्ये ७६ स्थानीय तहमा आयुर्वेदका स्वास्थ्य संस्था रहेका र बाँकी पालिकामा पनि पूरा गरिँदै लगिने उल्लेख गर्दै उनले भने, ‘प्रदेशभित्र १०० शय्याको आयुर्वेद चिकित्सालय बनाउने काम पनि सुरु भइसकेको छ, यसै वर्ष डिपिआर तयार हुन्छ ।’ मुख्यमन्त्री पोखरेलले जिल्लास्थित आयुर्वेद केन्द्रको भौतिक पूर्वाधार स्तरोन्नति गर्दै लैजान प्रदेश सरकार क्रियाशील रहेको बताए ।

गण्डकी प्रदेशमा रहेका बहुमूल्य जडीबुटीको संरक्षण र अधिकतम उपयोगका साथै किसानलाई जडीबुटी खेतीतर्फ आकर्षित गरी आयआर्जनको व्यवस्था मिलाउन सके उनीहरुलाई आत्मनिर्भर बनाउन सकिने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । प्रदेशले स्वास्थ्य नीति ल्याउन लागेको जानकारी दिँदै उनले त्यसमा पनि आयुर्वेद र वैकल्पिक चिकित्साका विविध क्षेत्रलाई समेट्ने खालका नीति ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा विनोदविन्दु शर्माले आयुर्वेद चिकित्सालाई पर्यटनसँग जोड्न प्रदेश सरकार आतुर रहेको बताउँदै पदमार्गहरुमा प्राकृतिक उपचार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए ।

आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले जहिल्यै पनि जडीबुटी र जलस्रोतको सम्भावनाका बारेमा चर्चा भए जति उपयोग गर्न नसकिएको बताउँदै स्वास्थ्य जीवनशैली, सुरक्षित मातृत्व, ज्येष्ठ नागरिक उपचार, विद्यालय स्तरमै नैतिक शिक्षा र योगलाई समेट्दै विभागले काम गरिरहेको जानकारी दिए ।

पञ्चकर्म र योग शिक्षालाई चालु पञ्चवर्षीय योजनाले समेटेको, संविधानले पनि सुनिश्चितता गरेको भए पनि यो क्षेत्र जनशक्ति र इच्छाशक्तिको कमीका कारण सधैँ ओझेलमा परेको उनको भनाइ थियो । कोभिड महामारीमा आयुर्वेद चिकित्साको महत्त्व बढेको भन्दै उनले योग, प्राणायामका साथै गुर्जोको प्रयोग बढ्दै जानुले आफूहरु उत्साही रहेको बताए ।

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा प्रमुख डा. मुनकर्ण थापाले सङ्घीय सरकारको सःशर्त अनुदानबाट विभागले अहिले वार्षिक रूपमा विभिन्न १८ वटा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

मुलुकका ३०० पालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा रहेकामा अब बिस्तारै बढाउँदै लैजाने तयारी गरिएको बताउँदै उनले ‘निरोगी नेपाल’ को नारालाई साकार पार्न तीनै तहका सरकारको सहकार्य र समन्वयको खाँचो औँल्याए।

तीन दिने उक्त कार्यक्रममा गण्डकी र बागमती प्रदेशका आयुर्वेद कार्यालयका प्रमुख एवं अन्य सरोकारवालाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस