पानीको बहावमा उतारचढाव « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पानीको बहावमा उतारचढाव


१५ भाद्र २०७८, मंगलबार


इनरुवा । सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ ।

पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो ।

आज बिहान ७ बजे गरिएको मापनमा कोसी ब्यारेज भएर दुई लाख १४ हजार ७४५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

बिहान ६ बजे गरिएको मापनमा दुई लाख ११ हजार २२५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव थियो । पछिल्लो समय वर्षा रोकिए पनि बहाव घटबढ हुने क्रम जारी रहेकाले अहिले ब्यारेजका २८ ढोका खुल्ला गरिएको उनको भनाइ थियो ।

आइतबार साँझ सप्तकोसीमा यस वर्षकै सबैभन्दा बढी पानीको बहाव मापन गरिएको थियो । त्यस बेला बहाव दुई लाख ७४ हजार पाँच क्युसेक प्रतिसेकेन्ड पुगेकाले ब्यारेजका ३८ ढोका खुल्ला गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस