खनालको उपचार खर्च फिर्ताको माग गर्दै सर्वोच्चमा रिट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खनालको उपचार खर्च फिर्ताको माग गर्दै सर्वोच्चमा रिट


१३ भाद्र २०७८, आइतबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

आइतबार (आज) अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।

उनले खनालले आफ्ना स्वास्थ्य उपचार विदेशमा गरेको हुनाले उपचारको खर्च सरकारले व्यहोर्नु गैरकानुनी हुने भन्दै सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गरेका छन् । त्यस्तै उपचार खर्च व्यहोर्ने भनी सरकारले गरेको निर्णय खारेज गर्न पनि माग गरेका छन् ।

यसअघि सर्वोच्च अदालतका रजिस्ट्रारले दरपिट गरेको यो रिट भदौ ३ गते न्यायाधीश दीपककुमार कार्कीले दरपिट आदेश खारेज गरिदिएपछि आइतबार दर्ता भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस