नेकपा एकीकृत समाजवादीले एक राज्यमन्त्रालयसहित ६ मन्त्रालय सम्हाल्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेकपा एकीकृत समाजवादीले एक राज्यमन्त्रालयसहित ६ मन्त्रालय सम्हाल्ने


१३ भाद्र २०७८, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा छिट्टै सहभागी हुने तयारी गरेको छ । एक राज्यमन्त्रालय सहित ६ मन्त्रालय समाजवादीले सम्हाल्नेछ ।

तर को को नेताहरु मन्त्री बन्ने भन्ने बारे सोमबार टुंगो लाग्ने छ । आइतबार बसेको समाजवादी संसदीय दलको बैठकले माधव नेपाललाई दलको नेता र वेदुराम भुसाललाई राष्ट्रियसभामा दलको नेताको रुपमा चयन गरेको छ ।

नेपाल नेतृत्वको समाजवादी पार्टीले सरकारमा जानेबारे निर्णय नगर्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुँदैआएको थियो । हाल २३ सांसद सहित नेकपा एकीकृत समाजवादी पार्टी प्रतिनिधिसभामा चौथो ठूलो दलको रुपमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस