नेपाल टेलिकम र कर्मचारीबीच २९ बुँदे सम्झौता, आन्दोलन स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल टेलिकम र कर्मचारीबीच २९ बुँदे सम्झौता, आन्दोलन स्थगित


१२ भाद्र २०७८, शनिबार


काठमाडौँ । विभिन्न मुद्दा उठाउँदै आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीले आन्दोलन स्थगित गर्ने भएका छन् । कम्पनीसँग शनिबार २९ बुँदे सम्झौता भएपछि कर्मचारीले आन्दोलन स्थगित गर्न सहमत भएका हुन् ।

टेलिकमको सञ्चालक समितिले पारित गरेको कर्मचारी विनियमावलीप्रति असन्तुष्ट कर्मचारी युनियनहरुले कम्पनीको आम्दानी खस्किएको र ठूला परियोजनामा भएका लगानीले प्रतिफल दिन नसकेको लगायतका मुद्दा उठाउँदै धर्ना बसेका थिए ।

नेपाल दूसरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वकर्स युनियन, नेपाल टेलिकम कर्मचारी युनियन संयुक्त रुपमा टेलिकम व्यवस्थापनविरुद्ध आन्दोलित थिए । दूरसञ्चार सेवा अत्यावश्वक सेवा भएकाले बन्द हड्ताल गर्न निषेध छ । तर, भद्रकालीस्थित टेलिकमको केनद्रीय कार्यालयमै धर्ना बसेर कर्मचारीहरु आन्दोलन गरेका थिए ।

व्यवस्थापनले वार्तामार्फत नै समस्या समाधान गर्ने आश्वासन दिएपनि कर्मचारीहरुले नयाँ कर्मचारी विनियमावलीमा भएका अन्यायपूर्ण र अवैज्ञानिक व्यवस्थाहरु सच्याउनुपर्ने भन्दै कार्यालयमा धर्ना दिइरहेका छन् ।

कम्पनी व्यवस्थापनले वृत्ति विकास नै रोक्ने गरी विनियमावली ल्याएको र त्यससलाई संशोधनका लागि लोकसेवा आयोगमा परामर्शका लागि पठाउने सहमतिअनुसार काम नभएको कर्मचारीहरुको आरोप थियो ।

युनियनहरुको मुख्य असन्तुष्टि १० र ११ औं तहमा यसअघि राखिएको कार्यकालको क्याप हटाइएकोमा छ । यसअघिको विनियमावलीमा १० औं तहमा ८ वर्ष र ११ औं तहमा ५ वर्ष काम गरेकाहरुले अनिवार्य अवकाश पाउँथे ।

तर, अब यो क्याप हटाइएको थियो । यसले नवौं तहबाट खुला प्रतिस्पर्धामा आउनसक्ने कर्मचारी लामो समयसम्म एउटै पदमा रहने र कम्पनीभित्र वर्षौंदेखि काम गरिरहेका कर्मचारीको वृत्ति विकास रोकिने तर्क युनियनहरुको छ । यी सबै मागहरु सम्वोधन हुने सहमति भएपछि आन्दोलन स्थगित गरेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष यादव पनेरुले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस