आजदेखि ३ दिनसम्म भारी वर्षाको सम्भावना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आजदेखि ३ दिनसम्म भारी वर्षाको सम्भावना


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । बिहीबारदेखि तीन दिनसम्म नेपालमा ठूलो पानी पर्ने सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै विभागले बिहीबारदेखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ ।

हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अबको ३ दिन भारी वर्षा हुने विभागको भनाइ छ ।

विभागले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम तथा कर्णालीका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा हुनेसमेत बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस