२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको आन्दोलन स्थगित

अ+ अ-

काठमाडौँ । आन्दोलनमा उत्रिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूले आन्दोलन स्थगित गरेका छन् ।

प्राधिकरण व्यवस्थापन पक्ष र कर्मचारी सङ्गठनहरूबिच मंगलबार सहमति भएसँगै महानिर्देशकको कार्यकक्षमा लगाएको ताला खोलेर कामकाज सुचारु गर्न कर्मचारीहरूले राजी भएका हुन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन, युरोपेली युनियन र अन्य नागरिक उड्डयनसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घ संस्थाले नेपालको उडान र हवाई सुरक्षाको अडिटका क्रममा उठाएका गम्भीर सुरक्षा चासो सम्बोधन गर्न विभिन्न ऐन तथा नियमावलीको संशोधन गर्न दुवै पक्ष सहमत भएका छन् ।

सहमति अनुसार विद्यमान प्राधिकरणको संस्थागत संरचना रूपान्तरणसँग सम्बन्धित विधेयकसंघीय संसदमा विचाराधीन अवस्थामा रहेकोबारे प्राधिकरणमा कार्यरत कर्मचारीसँग संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल गराउने भएको छ ।

कोरोना महामारीको प्रतिकुल अवस्थामा काम गरेका कर्मचारीको मूल्याङ्कन गर्दै सो अवधिको अतिरिक्त लकडाउन भत्ता तथा प्राविधिक ग्रेडबारे पहिलो वा दोस्रो बोर्ड बैठकबाट र अदालतको फैसला बमोजिम पाउनु पर्ने बोनस कर्मचारी र व्यवस्थापन पक्षको पहलबाट १५ दिन भित्र उपलब्ध गराउने सहमति गराउने, बाहिरी विमानस्थलहरूको अपरेसन आवर परिवर्तन गर्ने सम्बन्धी आन्तरिक विमानस्थल सञ्चालन निर्देशिकामा भएको संशोधन खारेज गर्ने सहमति समेत भएको छ ।

विगतमा प्राधिकरण व्यवस्थापले तत्कालीन आधिकारिक कर्मचारी ट्रेड युनियनसँग गरेको सहमति अनुसार सामूहिक कर्मचारी आवास गृह सम्बन्धी प्रावधान बहुवर्षिय परियोजनाका रूपमा अगाडि बढाउन समेत व्यवस्थापन तयार भएको छ भने आन्दोलनका क्रममा कर्मचारीले व्यक्त गरेका बिचार तथा मन्तव्यका कारण प्रतिशोधपूर्ण व्यवहार र कुनै पनि आग्रह पूर्वाग्रह नराख्ने सहमति जुटेको छ ।

प्रतिक्रिया दिनुहोस