१४ सांसदलाई कारबाहीको माग गर्दै एमाले सांसदहरु सभामुखको कार्यकक्षमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१४ सांसदलाई कारबाहीको माग गर्दै एमाले सांसदहरु सभामुखको कार्यकक्षमा


९ भाद्र २०७८, बुधबार


काठमाडौँ। नेकपा एमालेले कारबाही गरेका १४ सांसदहरुलाई पदमुक्त गर्न माग गर्दै एमालेका सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका छन् ।

१४ जना सांसदलाई किन कारबाही नगरेको भनेर सोध्न आएको एमाले नेता रामबीर मानन्धरले बताएका छन् ।

सभामुख अग्नि सापकोटा पनि कार्यकक्षमा छैनन् । मंगलबार दाँतको माइनर सर्जरी गरेका उनी निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

सभामुखको कार्यकक्षमा मानन्धरसहित खगराज अधिकारी, शान्ता चौधरी, सूर्य पाठक, विद्या भट्टराईलगायत छन् ।

माधव नेपालसहितका १४ सांसदहरुलाई कारबाही गरेको पत्र एमालेले संसद् सचिवालयमा बुझाएको छ । तर अहिलेसम्म पनि सभामुखले कारबाहीको सूचना जारी नगरेको भन्दै एमाले नेताहरुले दबाब दिँदै आएका छन् ।

यसअघि पनि एमालेका सांसदहरु सभामुखको कार्यकक्षमा पुगेर दबाब दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस