अफगान नागरिकलाई देश छाड्न नदिने तालिबानको घोषणा, विमानस्थल जाने बाटो बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अफगान नागरिकलाई देश छाड्न नदिने तालिबानको घोषणा, विमानस्थल जाने बाटो बन्द


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । अफगानिस्तानको सत्ता कब्जामा जमाएको तालिबानले थप अफगान नागरिकलाई देश छोड्न नदिने भएको छ ।

तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी काबुल विमानस्थल जाने मार्ग बन्द गरिएको बताएका हुन ।

अमेरिकाले अफगान नागरिकलाई देश छोड्न दुरुत्साहन गरेको भन्दै तालिबान प्रवक्ताले त्यस्तो कार्य तत्काल बन्द गर्न पनि चेतावनी दिएका छन् ।

देशभित्र चिकित्सक र इन्जिनियरलगायतका दक्ष जनशक्तिको आवश्यक रहेकाले कुनै पनि नागरिकलाई अब देश छाड्न नदिने उनले बताए ।

त्यस क्रममा प्रवक्ता मुजाहिदले विभिन्न पेसा र व्यवसायमा आबद्ध अफगानी महिलाहरुलाई तत्काल कामका लागि घरबाट बाहिर ननिस्कन पनि निर्देशन दिए ।

महिलाहरुको सुरक्षा सुनिश्चित नभएसम्मका लागि भन्दै उनले घर बाहिर ननिस्कन निर्देशन दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस