आजको मौसम : काठमाडौँ उपत्यका लगायत देशभर वर्षा हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजको मौसम : काठमाडौँ उपत्यका लगायत देशभर वर्षा हुने


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित व्यापक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा पनि आज दिनभर वर्षा हुने महाशाखाले जनाएको छ । काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम २० दशमलव ६ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३३ मिनेटमा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस