लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी नियुक्त « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी नियुक्त


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन्।

लुम्बिनी प्रदेश सरकारले हिजो (सोमबार) प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो।

नव नियुक्त सुवेदीले सोमबार प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन्। उनलाई उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी हुन्।

प्युठानका सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए ।

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस