‘प्रशासन र व्यवस्थापनका बिम्बहरू’ पुस्तक बजारमा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

‘प्रशासन र व्यवस्थापनका बिम्बहरू’ पुस्तक बजारमा


५ भाद्र २०७८, शनिबार


काठमाडौँ । नवराज जैसीद्वारा लिखित ‘प्रशासन र व्यवस्थापनका बिम्बहरू’ पुस्तक शुक्रवार(हिजो) देखि बजारमा आएको छ । 

पुस्तक लोक सेवा आयोगद्वारा निर्धारित नेपाल प्रशासन, परराष्ट्र, लेखा परीक्षण, न्याय र संसद् सेवाको उपसचिव पदको खुल्ला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रममा आधारित रहेको छ ।

लोक सेवा आयोगको विभिन्न परीक्षामा सहभागी हुँदाका बखतदेखि नै विभिन्न स्रोत सामाग्रीबाट टिपोट गरेका विषयवस्तुहरूलाई गत वर्षको उपसचिव परीक्षा तयारीका क्रममा सङ्कलन गरेर लोक सेवा आयोगद्वारा निर्धारित उपसचिव वा सो सरहको नयाँ पाठ्यक्रम अनुसार सिलसिलेवार प्रस्तुत गरेको उपसचिव जैसीले बताएका छन् । 

पुस्तकमा विषयवस्तुको परिचय/परिभाषा, मौजुदा नीतिगत, संस्थागत र कार्यगत व्यवस्था,  विद्यमान समस्या तथा चुनौतीहरू र समाधानका उपायहरूलाई प्राथमिकता दिई पस्कने प्रयास गरेको जैसीको भनाई छ । 

पुस्तकको प्रकाशक तथा वितरक अक्षराङ्क प्रकाशन रहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस