अध्यक्ष ओली र माधव नेपाल दुवैको समर्थनमा मुख्यमन्त्री बने : अष्टलक्ष्मी शाक्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अध्यक्ष ओली र माधव नेपाल दुवैको समर्थनमा मुख्यमन्त्री बने : अष्टलक्ष्मी शाक्य


५ भाद्र २०७८, शनिबार


काठमाडौँ । वाग्मती प्रदेशकी मुख्यमन्त्री एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको समर्थनमा मुख्यमन्त्री बनेको बताएकी छन् । एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले दुवै नेताको साथ पाएर मुख्यमन्त्री भएको बताएकी हुन् ।

उनले बाहिर आए जसरी नेता नेपाललाई धोका नदिएको बताइन् । गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम भएको उनको भनाइ थियो । ‘म मुख्यमन्त्री हुनुमा दुवै नेताहरुको साथ छ । सहमति छ । अनि बाहिर बाहिर कुरा आउँछ, अष्ट त के–के भयो, के–के भनेर,’ उनले भनिन्,’लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नु भयो, यो गलत कुरा हो । गलत सन्देश दिने काम नगरी दिनुहोस् ।’

मुख्यमन्त्री शाक्यले एमालेले मात्रै मुलुकलाई अघि बढाउन सक्ने भएकाले यो पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प नरहेको पनि बताइन् । आफू पार्टी एकताको पक्षमा रहेको उनले बताइन् ।

उनले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै एमाले एकजुट भएरअघि बढने विश्वास समेत व्यक्त गरिन् ।

मुख्यमन्त्री शाक्यले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसहितको सल्लाहमा प्रदेश सरकारलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले निवर्तमान मुख्यमन्त्री र निवर्तमान मन्त्रीहरुको परामर्शको आधारमा अघि बढ्दा नै प्रदेश सरकारले राम्रो काम गर्न सक्ने पनि बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस