जापानबाट दुई लाख डोज अष्ट्राजेनेका खोप आइपुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जापानबाट दुई लाख डोज अष्ट्राजेनेका खोप आइपुग्यो


५ भाद्र २०७८, शनिबार


काठमाडौँ । जापानबाट दुई लाख ८ हजार ६० डोज अष्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । जापान सरकारको सहयोगमा कोभ्याक्समार्फत् उक्त खोप शनिवार बिहान कतार एयरलाइन्सबाट नेपाल आइपुगेको हो।

यसअघि जापानबाट ८ लाख ४७ हजार ३२० डोज खोप आएको थियो। बाँकी रहेको खोप सोमबारसम्ममा नेपाल आइपुग्ने बताइएको छ । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप दिने छ ।

शनिवार आएको खोप प्रदेश १ र २ का पहिलो डोज लगाएर बसेका ६५ वर्ष माथिकालाई लगाइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस