इस्माइल साब्री याकोब मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इस्माइल साब्री याकोब मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त


५ भाद्र २०७८, शनिबार


मलेसिया । पूर्व उपप्रधानमन्त्री इस्माइल साब्री याकोब शुक्रबार मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।

मलेसियाका राजा सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहले इस्माइल सबरीलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेको दरबार श्रोतले जानकारी गराएको छ । संसदको तल्लो सदनमा बहुमतको समर्थन गुमाएपछि उनी सोमबार राजीनामा दिएका मुहिद्दिन यासिनको उत्तराधिकारी बनेका छन्।

एकसट्ठी बर्षीय इस्माइल साब्री युनाइटेड मलायस नेशनल अर्गनाइजेसन (यूएमएनओ) का एक अनुभवी राजनीतिज्ञ हुन् र जुलाईमा उप प्रधानमन्त्री नियुक्त हुनु पूर्व रक्षा मन्त्रीको रूपमा मुहिद्दिनको मन्त्रीमण्डलमा काम गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस