१४ सांसदलाई छिटो कारबाही गर्न ओलीनिकट नेताहरूको दबाब « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

१४ सांसदलाई छिटो कारबाही गर्न ओलीनिकट नेताहरूको दबाब


४ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई साथ नदिएका एकथरी नेताहरूले पार्टी एकताका लागि दबाब दिइरहेका बेला अध्यक्ष केपि शर्मा ओली निकट नेताहरूले भने जसरी पनि सांसदबाट कारवाही गराउन सक्रिय भएका छन् ।

ओली निकट नेताहरू दिनहुँ सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर माधव नेपाललगायत यसअघि पार्टीले हटाएका १४ जना सांसदलाई पदमुक्त गर्न दबाब दिइरहेका छन् ।

बिहीबार मुख्य सचेतक विशाल भट्टराई लगायतका नेताहरूले सभामुख सापकोटालाई भेटेका थिए । शुक्रबार सचेतक शान्ता चौधरी, पूर्वमन्त्रीहरू खगराज अधिकारी, गोकुल बाँस्कोटा, लालबाबु पण्डित लगायतका नेताहरू सभामुखको कार्यकक्षमा पुगेका छन् ।

विभाजन गर्ने निर्णयबाट असन्तुष्ट नेपाल समूहका नेताहरूले बिहीबार विगतमा भएको १० बुँदे सहमति कार्यान्वयनमा जोड दिदै वक्तव्य समेत जारी गरेका थिए । उनीहरूले ओली र नेपाल दुबै पक्ष आफ्ना अडानबाट पछि हट्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । तेस्रो धारका नेताहरूले एकताका लागि १४ जना सांसदलाई गरेको कारवाही पनि रोक्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

तर ओली समूहका नेताहरू भने छिटो कारबाही गराउन जोडबल गरिरहेका छन् । नेपाल पक्षकै केही सांसदहरूले यसअघि नै कारबाही रोक्नका लागि सभामुखलाई पत्र दिइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस