बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवास फर्किए « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवास फर्किए


४ भाद्र २०७८, शुक्रबार


वाग्मती । बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फकिएका छन् ।

मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फर्किएका हुन् । बयालीस महिना सरकार चलाएका थिए ।

बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका पौडेलले बिहीबार सरकारी निवास छोडेका हुन् । उनको अबको बाँकी समय जनताको हितमा काम गर्ने बताएका ।

उनले राजीनामा दिएसँगै प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी छन् । शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन भइकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस