सेवाग्राहीसँग घुस लिएको अभियोगमा पुनर्निर्माण प्राधिकरणका सव–इन्जिनियर बिरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेवाग्राहीसँग घुस लिएको अभियोगमा पुनर्निर्माण प्राधिकरणका सव–इन्जिनियर बिरुद्ध भ्रष्टाचार मुद्दा


२ भाद्र २०७८, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव-इन्जिनियर राजन पासवान बिरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस रकमसहित जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाले आयोगमा बुझाएको थियो । उनलाई गत असार १५ गते घुस रकमसहित नियन्त्रणमा लिई असार १६ गते आयोगमा बुझाएको थियो ।

सम्बन्धित समाचार : ३० हजार घूससहित सव-इन्जिनियर अख्तियारको नियन्त्रणमा

अनुसन्धानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको करार सेवामा रही जिल्ला ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा–१ को कार्यालयमा खटिएका पासवानले भूकम्प पुनर्निर्माणको लागि सेवाग्राहीले नियमानुसार पाउने तेस्रो किस्ताको रकमको सिफारिस रोकी दिने भनी घूस रकम लिएको पुष्टि भएको हो ।

उनी बिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९। को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिइएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस