३० हजार घूससहित सव-इन्जिनियर अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

३० हजार घूससहित सव-इन्जिनियर अख्तियारको नियन्त्रणमा


२० असार २०७८, आइतबार


काठमाडौँ । सेवाग्राहीसँग ३० हजार घुस लिएको आरापेमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव-इन्जिनियर राजन पासवान पक्राउ परेका छन् ।

भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाबाट खटि गएको टोलीले पासवानलाई ३० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

उनलाई असार १५ गते घुस रकमसहित नियन्त्रणमा लिई असार १६ गते आयोगमा बुझाएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको रिसालले बताए।

 

Tags :
प्रतिक्रिया दिनुहोस