सेयर बजारमा नयाँ ऐतिहासिक रेकर्ड कायम, कारोबार रकम २० अर्ब बढि « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सेयर बजारमा नयाँ ऐतिहासिक रेकर्ड कायम, कारोबार रकम २० अर्ब बढि


३१ श्रावण २०७८, आइतबार


काठमाडौँ । सेयर कारोबार रकम २० अर्ब नाघेर नयाँ ऐतिहासिक रेकर्ड कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस अघि १९ अर्ब ५० करोडमा रहेको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम भएको हो । चालु आर्थिक वर्षका लागि गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको थियो ।

मौद्रिंक नीतिले सेयर धितोमा जाने ऋणको सीमा अधिकतम १२ करोड तोकिदिएको छ भने सेयर मूल्यांकनको ७० प्रतिशतसम्म ऋण पाउन सकिने विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीति पछिको पहिलो कारोबार आइतबार (आज) नेप्से परिसूचक भने घटेको छ ।

कारोबार खुलेको केही समयसम्म नेप्से बढेको थियो । पछि पुनः घट्न सुरु भएको नेप्से कारोबार बन्द हुँदा पनि घटेरै बन्द भयो ।

आइतबार माएक्रोफाइनान्स र उत्पादन मूलक कम्पनीहरु रहेको समूहगत सबइन्डेक्स बढेर हरियो देखिएको छ भने बाँकी सबै घटेका छन् । नेप्से घटे पनि कारोबार रकममा भने उत्साह देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस