राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पाकिस्तानी समकक्षीलाई स्वतन्त्रता दिवसको शुभकामना « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पाकिस्तानी समकक्षीलाई स्वतन्त्रता दिवसको शुभकामना


३० श्रावण २०७८, शनिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लामिक गणतन्त्र पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले पाकिस्तानी राष्ट्रपति डा आरिफ आल्भी तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी इमरान खानलाई आज बेग्लाबेग्लै सन्देश पठाएर स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका हुन्।

सन्देशमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले पाकिस्तानको शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्दै नेपाल र पाकिस्तानबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्ध भविष्यमा थप विकसित हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस