२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुसको दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म हुने भएको छ । काठमाडौँमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन् ।

अध्यक्ष प्रचण्डले पेश गरेको राजनीति तथा सांगठानिक प्रस्तावमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो । केन्द्रीय सदस्यहरुको समूह बनाएर अध्यक्ष प्रचण्डको दुवै प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।

प्रचण्डको प्रस्तावमा यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ । असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरूमा एकै दिन सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रस्ताव छ । त्यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ ।

मङ्सिर १५ मा साथै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डले प्रस्ताव गरेका छन् ।

प्रचण्डको प्रस्ताव अनुसार सेल कमिटीदेखि राष्ट्रिय सम्मेलनसम्मको कार्यसूची यस्तो छ -:

भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण ।

असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।

असोज २० गते वडा सम्मेलन

असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।

कात्तिक ३० गते जिल्ला सम्मेलन

मङ्सिर १५ गते प्रदेश सम्मेलन

पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन ।

प्रतिक्रिया दिनुहोस