धौलागिरि अस्पतालमा डाक्टरको अभाव « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

धौलागिरि अस्पतालमा डाक्टरको अभाव


३० श्रावण २०७८, शनिबार


बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा बिरामीको चाप बढ्दै जान थालेपछि दक्ष जनशक्तिको अभाव भएको छ ।

कोरोना महामारीकाबीच पनि सबै किसिमका सेवा प्रवाह गर्दै आएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको हो । दरबन्दी अनुसार मेडिकल अधिकृत, विशेषज्ञ र चिकित्सकहरु अस्पतालमा नहुँदा सर्वसाधारण मारमा परेका छन् ।

कोरोनाको तेस्रो लहरको खतरा बढिरहेको बेला आइसियु र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक पर्ने मेडिकल अधिकृतको अभाव भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र पोखरेलले बताए ।

१६ जना स्थायी विशेषज्ञको दरबन्दी रहेकोमा अहिले एक जना मात्रै विशेषज्ञ डाक्टर कार्यरत छन् । यस्तै ६ जना स्थायी दरबन्दी रहेको मेडिकल अधिकृत मध्ये एक जना मात्रै अस्पतालमा रहेकोमा उनको पनि सरुवा भएपछि अहिले मेडिकल अधिकृत एक जना पनि छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस