अर्घाखाँचीमा पहिरोले पुरिएर एक जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अर्घाखाँचीमा पहिरोले पुरिएर एक जनाको मृत्यु


३० श्रावण २०७८, शनिबार


अर्घाखाँची । पाणिनी गाउँपालिका-५ मैदानमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाणिनी-६ धातिवाङ्गका ४५ वर्षीय मानबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।

मेघराज घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा शुक्रबार साँझ ५ बजे घरमाथिबाट खसेको पहिरोमा उनी पुरिएका थिए। पहिरो खस्दा उनी एक्लै काम गरिरहेको स्थानीयले बताएका छन्।

स्थानीय बासिन्दा, प्रहरी र जेसिबी मेसिनको सहयोगले शुक्रबार राति सवा ९ बजे उनलाई मृत अवस्थामा फेला पारिएको पाणिनी-५ का वडा अध्यक्ष जीवलाल घिमिरेले बताए।

सुनारको शव पोस्टमार्टमका लागि शनिवार जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याउने प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस