मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ आज हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ आज हुँदै


२९ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । इँटा भट्टामा मजदुरलाई जिउँदै जलाएका आरोपमा थुनामा रहेका काँग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दा सर्वोच्चमा आज सुनुवाइ हुँदै छ ।

जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका आलमको मुद्दामा आज सुनुवाइ हुन लागेको हो ।

आलमको मुद्दा न्यायाधीश प्रकाशमान सिंह र उतर कुमार रेग्मीको संयुक्त इजलासमा सुनवाइका लागि पेसी तोकिएको छ । यसअघि पटक-पटक सो मुद्दा सुनवाइमा चढेको थियो ।

२०६४ सालको निर्वाचन जित्नका लागि आलमले भारतबाट पेशेवर गुण्डाहरु नेपाल ल्याई विस्फोटक पदार्थ निर्माण गर्ने क्रममा विस्फोटन भएपछि घाइते रहेका र जीवित मजदुरलाई सोही भट्टामा जलाएर हत्या गरेको अभियोग छ ।

मृतकका परिवारको जोहरीपछि तत्काल केपी ओली सरकारको पालामा उनीविरुद्धको मुद्दा अघि बढेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस