नेप्सेमा लगातार वृद्धि कायमै « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नेप्सेमा लगातार वृद्धि कायमै


२८ श्रावण २०७८, बिहिबार


काठमाडौँ । कारोबार हुने साताको अन्तिम दिन शेयर बजार परिसूचक ‘नेप्से’ दोहोरो अङ्कले बढेको छ । उतारचढावबीच नेप्से १६ अङ्कले बढेर ३ हजार १ सय ७८ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

यस दिन कारोबार भएका सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । महालक्ष्मी विकास बैङ्क, कामना सेवा विकास बैङ्क, साइन रेसुङ्गा विकास बैङ्क, माउन्टेन इनर्जी, रुरु हाइड्रो, जीवन विकास लघुवित्त र युनियन लाइफका लगानीकर्ताले सबैभन्दा १० प्रतिशतले कमाएका छन् ।

बिहीबार विकास बैङ्क समूह ३ सय ४६ अङ्कले बढ्दा, उत्पादन १ सय १६, फाइनान्स ३२, जीवन बिमा ३१, बैङ्क तथा लगानी समूह र म्यूचल फन्ड १ अङ्कले बढेर हरियो हुँदा बाँकी समूह राताम्मे भए ।

यस दिन २ सय २५ कम्पनीका ३ करोड ६६ लाख ८ हजार ४ सय ६१ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार १ सय १५ रुपैयाँको कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस