लुम्बिनीमा ४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

लुम्बिनीमा ४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस


२८ श्रावण २०७८, बिहिबार


काठमाडौँ । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस गरेका छन् ।

विपक्षी गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउँदै बहुमतको सरकारको दाबी गरेको हो ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई दाबीपत्र बुझाएका हुन् ।

बुधवार लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले बहुमतको सरकारको दाबी पेस गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस