असाधारण जनमतका साथ मूल बाटोबाट फेरि आउँछु : ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

असाधारण जनमतका साथ मूल बाटोबाट फेरि आउँछु : ओली


२६ श्रावण २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ओलीले आफू पुनः असाधारण जनमतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफू पुन म मूल ढोकाबाट र असाधारण जनमतबाटै आउने प्रधानमन्त्री हुने बताएका हुन् । 

‘म मूल ढोका, मूल गेटबाट आउनेछु । फेरि पनि सुनिराख्नु भए हुन्छ असाधारण जनमतका साथ मूल बाटो बाट आउँछु,’ ओलीले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ओलीले आफू पुनः असाधारण जनमतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफू पुन म मूल ढोकाबाट र असाधारण जनमतबाटै आउने प्रधानमन्त्री हुने बताएका हुन् ।  ‘हेरिराखे हुन्छ म मूलबाटो, मूल ढोकाबाटै फेरि पनि आउँछु’ ओलीको भनाइ छ ।  

उनले आफू काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको भन्दै फेरि पनि त्यसै गरी प्रधानमन्त्री हुने बताए । उनले देश र जनताको सेवाका निम्ति जन्मिएको भन्दै आफू प्रधानमन्त्री हुन नजन्मिएको तर काम गर्दै जाँदा प्रधानमन्त्री भएको बताए । उनले आफूलाई राम्रो ग्रहदशाले नभएर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको बताए ।

‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएका हुन्,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस