परराष्ट्र सेवाका तीन उपसचिवलाई सहसचिवमा बढुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

परराष्ट्र सेवाका तीन उपसचिवलाई सहसचिवमा बढुवा


२५ श्रावण २०७८, सोमबार


काठमाडौँ । सरकारले नेपाल परराष्ट्र सेवाका तीन जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

सोमबार(आज) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा गर्ने निर्णय गरेको हो।

बढुवासँगै परराष्ट्र वा अन्तर्गत पदस्थापन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस