लिपुलेक सहितका सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गरिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लिपुलेक सहितका सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गरिने


२४ श्रावण २०७८, आइतबार


काठमाडौँ । सत्ता गठबन्धनले भारतसँगको सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान गर्ने बताएको छ ।

आइतबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले लिपुलेकसहितका सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका हुन् ।

‘लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका छिमेकी मुलुकहरूसँगको समाधान हुन बाँकी सीमा समस्याहरू कूटनीतिक माध्यममार्फत समाधान गरिने छ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस