मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रचण्ड बालुवाटारमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रचण्ड बालुवाटारमा


२४ श्रावण २०७८, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रचण्डले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाई सकेको भए पनि नेकपा (एमाले) को माधव कुमार नेपाल समूह सरकारमा आउने वा नआउने भन्नेबारे टुङ्गो नलाग्दा मन्त्रिमण्डल बिस्तार रोकिएको छ ।

प्रधानमन्त्री देउवाले नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउने सोच बनाएको भए पनि नेता नेपालले भने अहिले नै आफ्नो समूह सरकारमा जाने कि नजाने भन्नेबारे निर्क्याैल गर्न सकेको छैन । प्रधानमन्त्री देउवाले सम्भवतः सोमबारसम्म मन्त्रिमण्डल बिस्तार गर्ने योजना बनाएको बालुवाटार स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस