२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरप्रमुखलाई कार्यकक्षमै मसाज गरेको तस्वीर भाइरल !

‘जेठ महिनाको तस्वीर हो, कोरोना खोप लगाउँदा बेहोस भएको थिएँ, कार्यालय सहयोगीले सहयोग गरे’

अ+ अ-

काठमाडौँ । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासको कार्यकक्षमै मसाज गरेको तस्वीर भाइरल भएको छ । मेयर दासले कार्यकक्षको सोफामा आराम गरेर मसाज गराउँदै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

मेयर दासको खुट्टा मसाज गरिरहेका उनकै कार्यालय सहयोगी रहेको बुझिएको छ । उक्त तस्वीर भाइरल बनेपछि मेयर दासको आलोचना भएको छ ।

नगरप्रमुख बेचनसँग फाेन सम्पर्क गर्दा सामाजिक सञ्जालमा भाइरल भएको तस्वीर जेठ महिनाको रहेकाे बुझिएको छ । कोरोना संक्रमण भई ६० दिनसम्म औषधि खाएर निको भएर बसेपछि कोरोना खोप लगाएको र त्यसले स्वास्थ्य अवस्था कमजोर बनाएको मेयर बेचनकाे भनाइ छ। स्वास्थ्य अवस्था कमजोर भएर पनि कार्यालयको कामलाई निरन्तरता दिइरहेको अवस्थामा एक्कासी रिँगटा लागेर ढलेपछि कार्यालय सहयोगी आफ्नै भाइले मसाज गरिदिएको उनले बताए ।

उनले भने,‘यो जेठ महिनाको फोटो हो । त्यो बखतमा कोरोनाको दोस्रो खोप लगाएको थिएँ । दोस्रो खोप लगाउँदा मलाई जिउ सन्चो भएन । कार्यालयमा बस्दा ज्वरो आयो । फेन्ट जस्तै भएर लडेँ । लडेँको ठाउँबाट उठेर सोफामा सुतेँ । अनि कार्यालय सहयोगी (आफ्नै भाइ)ले मालिस गरिदिएको हो ।’

उक्त फोटो सोही नगरपालिका -४ का वडाध्यक्षले झ्यालबाट खिचेको नगरप्रमुख दासको भनाइ छ । सामाजिक सञ्जालमा भाइरल तस्वीरबारे बोल्दै मेयर बेचनले भने, ‘फोटो चार नम्बरको वडाध्यक्ष विनोद गोहितमानले झ्यालबाट खिचेको हो ।’ नगरप्रमुख बेचन माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् । वडाध्यक्ष गोहितमान पनि माओवादी केन्द्रबाटै निर्वाचित जनप्रतिनिधि भएको बेचनले बताए ।